पीआई करेन्सीकाे नाममा ठगी धन्दाः नेपालमा प्रतिबन्धित भर्चुअल क्वाइन कसरी छायाे सामाजिक सञ्जालमा ?

पीआई करेन्सीकाे नाममा ठगी धन्दाः नेपालमा प्रतिबन्धित भर्चुअल क्वाइन कसरी छायाे सामाजिक सञ्जालमा ?

काठमाडाैं । पछिल्लाे समय नेपाली बजारमा पीआई नामक भर्चुअल क्वाइनको निकै चर्चा छ । पीआई नेटवर्क एप डाउनलोड गरेर सजिलै पैसा कमाउन सकिने भन्दै पछिल्लो २ हप्तादेखि नेपालीहरू धमाधम डाउनलोड गर्न ब्यस्त छन् ।

मुलुकमा भर्चुअल क्वाइन प्रयोगमा प्रतिबन्ध लगाएको करिब ६ वर्षभन्दा बढी भइसकेको अवस्थामा एकाएक 'सरकारले भर्चुअल क्वाइन प्रयोगमा ल्याएको' भन्दै पैसा कमाउन धमाधम डाउनलोड गरिरहेका छन् । 

तर नेपाल राष्ट्र बै‌ंकले भने नेपालमा पीआई नामक भर्चुअल क्वाइन प्रयोगमा छिट्टै ल्याउने भन्ने कुरामा कुनै सत्यता नरहेकाे बताएकाे छ ।

बैंकका अनुसार अफवाहकै भरमा पीआई नेटवर्कको एप बेचाउने प्रचारात्मक रणनीति हो । नेपालमा कुनै पनि भर्चुअल क्वाइन राष्ट्र बैंकको अनुमतिविना प्रयोगमा ल्याउन पाइँदैन ।  राष्ट्र बैंकका मुद्रण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई आफूहहरूलाई पीआई भर्चुअल क्वाइनका बारेमा कुनै जानकारी नभएको बताए । 

उनले भने, 'हामीलाई त्यस्तो कुनै भर्चुअल करेन्सीको प्रयोगबारे कुनै जानकारी आएको छैन । यदि त्यस्तो कुनै करेन्सी प्रयोगमा ल्याइँदै छ भनेर एप डाउनलोड गरेर प्रयोग गर्न भनिँदै छ भने त्यो सरासर ठगी हो ।’

पीआई करेन्सी अमेरिकाको स्टान्फोर्ड विश्वविद्यालयमा अध्ययनरत ३ जना विद्यार्थीले बनाएका हुन् । पीआई नेटवर्कको नाममा बनेको यो एप विदेशी एप हो ।

विदेशमा यस्ता धेरै प्रकारका भर्चुल पैसाको कारोबारलाई मान्यता दिँदै आएको छ । विश्वमा १६ सय प्रकारका भर्चुअल करेन्सीलाई विभिन्न देशहरूले प्रयोगमा अनुमति दिएका छन् । 

तर, नेपालको परिवेशलाई हेर्ने हो भने नेपालमा कुनै पनि भर्चुअल करेन्सीलाई प्रयोगका लागि मान्यता दिएको छैन । नियामक निकायको स्वीकृतिविना नै नेपालमा प्रयोगमा ल्याउनु अवैधानिक हो । 

यसरी आइरहेको छ म्यासेज