पेरिस । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरदेखि अफ्रिकाका भीडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन ।
यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड–तोड्ने तापक्रमले विश्वभर चरम मौसमका लागि इन्धनको काम गर्यो ।
विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावित गर्छ भन्ने ’boutको विशेषज्ञ विश्व मौसम एट्रिब्युसन (डब्लूडब्लूए)ले विगत १२ महिनामा विश्लेषण गरिएका लगभग हरेक विपत्ति जलवायु परिवर्तनद्वारा तीव्र रूपमा भएको बताएको छ ।
‘जीवाश्म इन्धनको तापक्रम वृद्धिको प्रभाव सन् २०२४ मा भन्दा बढी स्पष्ट वा विनाशकारी कहिल्यै भएको छैन, हामी एउटा खतरनाक नयाँ युगमा बाँचिरहेका छौं,’ डब्लूडब्लूए सञ्जालको नेतृत्व गर्ने जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले भने ।
गर्मी
जुनमा साउदी अरबमा मुस्लिम हजयात्राका क्रममा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यहाँको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियस (१ सय २५ फरेनहाइट) पुगेको थियो । कहिलेकाहीँ ‘साइलेन्ट किलर’ (मौन हत्यारा) भनिने चरम गर्मी थाइल्यान्ड, भारत र संयुक्त राज्य अमेरिकामा पनि घातक साबित भयो ।
मेक्सिकोमा अवस्था यति तीव्र थियो कि रूखबाट हाउलर बाँदरहरू खसेर मरेका थिए भने पाकिस्तानले पारो ५० डिग्री सेल्सियसभन्दा माथि पुगेका कारण लाखौं बालबालिकालाई घरमै राखेको थियो । ग्रिसले आफ्नो सबैभन्दा प्रारम्भिक गर्मीको लहर रेकर्ड ग¥यो र यसको प्रसिद्ध एक्रोपोलिसलाई बन्द गर्न बाध्य तुल्यायो । युरोपको अहिलेसम्मकै सबैभन्दा गर्मीका कारण गृष्म ऋतुको सुरुवातमा भयानक डढेलो फैलियो ।
बाढी
जलवायु परिवर्तनले केवल तापक्रम मात्र वृद्धि गर्दैन, यसले महासागरहरूको तपक्रम वृद्धि हुनुका साथै तिनीहरूले बढी वाष्पीकरण गर्छन् र तातो हावाले बढी आद्र्रता सोस्छ । यो भारी वर्षाका लागि अस्थिर सूत्र पनि हो । अप्रिलमा संयुक्त अरब इमिरेट्समा एक दिनमा २ वर्षबराबरको वर्षा हुँदा मरुभूमि–राज्यका भागहरूलाई समुद्रमा परिणत गर्यो र दुबईको अन्तर्राष्ट्रिय विमानस्थललाई अवरुद्ध गर्यो । केन्या एक पुस्ताकै सबैभन्दा ठूलो खडेरीबाट मुक्त हुन नपाउँदै दशकौंकै सबैभन्दा खराब बाढीले पूर्वी अफ्रिकी राष्ट्रमा लगातार विपत्तिहरू निम्त्यायो ।
ऐतिहासिक बाढीले पश्चिम र मध्य अफ्रिकामा १ हजार ५ सयभन्दा बढी मानिसको ज्यान लिएपछि ४० लाख मानिसलाई सहायताको आवश्यकता परेको थियो । युरोप विशेषगरी स्पेनले ठूलो वर्षाको सामना गर्दा घातक बाढी निम्तियो । सन् २०२४ मा अफगानिस्तान, रुस, ब्राजिल, चीन, नेपाल, युगान्डा, भारत, सोमालिया, पाकिस्तान, बुरुन्डी र संयुक्त राज्य अमेरिकामा भीषण बाढी आएको थियो ।
चक्रवात
तातो महासागरीय सतहले उष्णकटिबन्धीय चक्रवातहरूलाई जमिनतर्फ बढ्दा ऊर्जा प्रदान गर्छ र यसले तीव्र हावा र विनाशकारी क्षमता बढाउँछ ।
सन् २०२४ सिजनमा प्रमुख आँधीबेहरीले संयुक्त राज्य अमेरिका र क्यारेबियन विशेषगरी मिल्टन, बेरिल र हेलेनलाई औसतभन्दा माथि आँधीबेहरी गतिविधिको धक्का दियो ।
फिलिपिन्सले दक्षिणपूर्वी एसियामा फैलिएको टाइफुन यागीको सामना गरेको दुई महिनापछि नोभेम्बरमा मात्रै ६ वटा ठूला आँधीबेहरीको सामना गर्यो ।
विश्वव्यापी तापक्रमले चक्रवात चिनोलाई श्रेणी ४ आँधीबेहरीमा तीव्र बनाउन मद्दत गरेको डिसेम्बरमा वैज्ञानिकहरूले बताए । यो फ्रान्सको सबैभन्दा गरिब समुद्रपारको क्षेत्रलाई तहसनहस पार्दै मायोटसँग ठोक्किएको थियो ।
खडेरी र डढेलो
जलवायु परिवर्तनले वर्षाको ढाँचा परिवर्तन गर्दा केही क्षेत्रहरू ओसिलो हुन सक्छन् तर अन्य सुक्खा र खडेरीका लागि बढी संवेदनशील बन्दै छन् ।
सन् २०२४ मा अमेरिकाले गम्भीर खडेरीको सामना ग¥यो र सामान्यतया पृथ्वीका सबैभन्दा ओसिला ठाउँहरूमध्ये एक पश्चिमी संयुक्त राज्य अमेरिका, क्यानडा र अमेजन बेसिनमा लाखौं हेक्टरमा डढेलो लाग्यो ।
जनवरी र सेप्टेम्बरको बीचमा दक्षिण अमेरिकाभरि ४ लाखभन्दा बढी आगलागी रेकर्ड गरिएको थियो । आगलागीबाट महादेशलाई धुवाँले ढाक्यो ।
विश्व खाद्य कार्यक्रमले डिसेम्बरमा दक्षिणी अफ्रिकामा २ करोड ६० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको थियो । दक्षिणी अफ्रिकामा एक महिना लामो खडेरीले गरिब क्षेत्रलाई सुक्खा बनाएको थियो ।
आर्थिक क्षति
चरम मौसमले सन् २०२४ मा हजारौंको ज्यान लियो र अनगिन्ती मानिसलाई निराश गरिबीमा छाड्यो । यस्ता विपत्तिहरूको दीर्घकालीन क्षतिको मूल्यांकन गर्न असम्भव छ ।
जुरिचस्थित पुनर्बिमा दिग्गज ‘स्वीस री’ले डिसेम्बरको सुरुवातमा जारी गरेको विज्ञप्तिमा आर्थिक नोक्सानीको हिसाबमा विश्वव्यापी क्षतिको बिल ३ खर्ब १० अर्ब डलर रहेको अनुमान गरेको छ । युरोपमा विशेषगरी स्पेनको भ्यालेन्सिया प्रान्तमा बाढी, तुफान हेलेन र मिल्टनले लागत बढाएको कम्पनीले जनाएको छ । भ्यालेन्सियामा अक्टोबरमा २ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
१ नोभेम्बरसम्म संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा २४ वटा मौसम प्रकोपको सामना गरेको थियो । यसमा प्रत्येकले १ अर्ब डलरभन्दा बढी नोक्सान बेहोरेको सरकारी तथ्यांकले देखाएको छ । ब्राजिलमा खडेरीले यसको कृषि क्षेत्रलाई जुन र अगस्टको बीचमा २ अर्ब ७० करोड डलरको क्षति पुर्यायो । एक उद्योगका अनुसार ‘जलवायु चुनौतीहरूले’ विश्वव्यापी वाइन उत्पादनलाई सन् १९६१ पछि सबैभन्दा कम स्तरमा पुर्याएको छ ।