काठमाडौं। वृद्ध नेताहरुका कारण देशले दुःख पाएको भन्दै युवाहरु पलायन हुने क्रम जारी छ। पहिले गाउँ रित्तियो। अब सहर पनि रित्तिन क्रममा छ। युवा अब सहरमा हैन विदेशमा भासिन बाध्य छन्। तर दलहरु भने नयाँ नयाँ फण्डा निकालिरहेका छन्।
अहिले ८१ साल चलिरहँदा एजेन्डाविहीन नेताहरु भने मिसन चौरासीतिर लागेका छन्। यस्तो लाग्छ कि बुढाखाडाहरुका कारण देश बिग्रियो भनिरहँदा यिनीहरुको ‘८४’ सालमा उमेरअनुसारको चौरासी पूजा गरेर पार्टीबाट बिदाइ गरे हुने हो कि भन्ने बहस पनि चलेको छ।
हुन पनि अहिलेको हरेक दलको नेतृत्वले समस्या दिइरहेको छ। विकास भन्दा देश विनाशतिर गइरहेको छ। नेताहरुका नयाँ एजेन्डा नभएका कार्ययोजना बनाउन मातहत कमिटीलाई निर्देशन दिएको छ।
मिसन ०८४ लाई केन्द्रित गरेर कार्ययोजना बनाउन अन्तर पार्टी निर्देशिका जारी गरेको हो। पार्टीको राष्ट्रिय युवा परिषद बैठकले पार्टीलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुपमा सुदुढ गर्ने उद्देश्यको साथ संगठन सुदुढीकरण र सुदृढिकरणकोे कार्ययोजना अघि सारेको छ।
सोही परिषद्को बैठकले मिसन ग्रास रुटका निष्कर्ष र सुझावमा आधारित वार्षिक कार्ययोजनाको समीक्षा गरी आगामी वर्षका लागि नयाँ कार्ययोजनाको आधारमा तयार गरेको जनाउँदै पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने तयारीको काम अघि बढाएकोबेलामा राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण परिवर्तन सम्भव भएको पनि जनाएको छ।
पार्टी अध्यक्षको नेतृत्वको सरकारले जनतामा नयाँ आशा जागृत गर्ने गरी कामलाई अघि बढाइरहेको अवस्थामा अब सिंगो पार्टी पंक्ति राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको निष्कर्षका आधारमा मिसन ८४ लाई पूर्णरुपमा सफल बनाउने काममा केन्द्रित हनुपर्छ भन्ने एमालेको ठम्याइ छ।
‘यतिबेला संयुक्त सरकारको कामलाई प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरण र विस्तारको कामलाई योजनाअनुरुप अघि बढाउन, अधिवेशन सम्पन्न गर्ने बाँकी स्थानीय पार्टी कमिटीका अधिवेशनहरु तोकिएको समयमा सम्पन्न गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकका निष्कर्ष समेतको आधारमा पार्टी कामलाई योजनाबद्ध रुपमा अघि बढाउनपर्ने हुन्छ।,’ अपानीले कांग्रेससँगको सहकार्यलाई पनि समेटेको छ।
असार १८ मा केन्द्रीय सचिवालय ३२ औँ बैठक, असार २८ मा ३३ आंैँ बैठक र साउन १७ मा ३४ औँ बैठक सम्पन्न भएको जनाउँदै केन्द्रीय कमिटी, केन्द्रीय निकायमा पदाधिकारी तथा सदस्यहरुको मनोनयन र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको नयाँ कार्यविभाजनसहित ती बैठकले गरेका महत्वपूर्ण निर्णयहरु जानकारी तथा कार्यान्वयनका लागि अपानी- १० जारी गरिएको जनाएको छ ।
एमालेले भौगोलिक क्षेत्रको कार्यविभाजन गर्दा मिसन ८४ लाई केन्द्रविन्दुमा राख्ने, कार्यविभाजनको तल्लो इकाइ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रलाई बनाउने, केन्द्रीय तहबाट प्रदेश, जिल्ला, प्रतिनिधि सभा र आवश्यकताअनुसार प्रदेश सभा निर्वाचन क्षेत्रका लागि इञ्चार्जको व्यवस्था गर्ने र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रमा सम्भव भएसम्म सम्बन्धित भूगोलकै कमरेडलाई जिम्मेवारी तोक्ने रहेको छ ।
त्यस्तै पार्टी स्कूल, संगठन विभाग, ससदीय विभाग र स्थानीय विकास विभाग बाहेकका अन्य विभागमा एक जनामात्र केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी तोक्ने, पार्टीसम्बद्ध जनसंगठनको प्रमुखको जिम्मेवारीमा रहेकालाई सामान्यतया सोही क्षेत्रमा जिम्मेवारी ताक्ने, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटीमा न्यनतम संख्यामा जिम्मेवारी तोक्ने, केन्द्रीय मन्त्री र मुख्यमन्त्रीहरुलाई सोही जिम्मेवारीमा केन्द्रित गर्ने, अन्य जिम्मेवारी नताक्ने, सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुको बीचमा संयन्त्रद्वारा काममा समन्वय गन लगायतका विषयहरु समेटिएका छन्।