देउवासंगको छलफलमा प्रधानमन्त्रीको ठट्टा

देउवासंगको छलफलमा प्रधानमन्त्रीको ठट्टा

काठमाडौं : सत्तारुढ नेकपाका दुबै अध्यक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिबीच शनिबार बालुवाटारमा भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले एक घण्टा लामो छलफल भए पनि निष्कर्ष ननिस्किएको बतए । उनले प्रधानमन्त्रीले ठट्टा गरेर बिताएकोमा गुनासो गरेका छन् । ‘किन हामीलाई बोलाइयो, त्यो नै हामीले थाहा पाउन सकेनौँ’, उनले भने, ‘प्रधानमन्त्रीले पहिलेजस्तै ठट्टा गरेर समय बिताइदिनुभयो ।’

छलफलमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको बताए ।