राष्ट्रपतिका सल्लाहकारले किन दिए राजीनामा ?

राष्ट्रपतिका सल्लाहकारले किन दिए राजीनामा ?

काठमाडौं : राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। ०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त प्याकुरेलले फौजदारी अभियोग लागेका अग्‍नि सापकोटा सभामुख बन्‍ने पक्का भएपछि असन्तुष्टि जनाउँदै शुक्रबार राजीनामा दिएका हुन् ।

  प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । 

सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।