नेपाल एअरलाइन्सका २० जना पाइलटको सामूहिक राजीनामा

नेपाल एअरलाइन्सका २० जना पाइलटको सामूहिक राजीनामा

काठमाडौं : नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितकाे पत्र  बुझाएका छन । ‘राजीनामा नाेटिस’ लेखिएकाे चेतावनी पत्रमा २० पाइलटकाे हस्ताक्षर छ ।

सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् ।

उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् । तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै उनीहरुले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।