सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

काठमाडौं : प्रतिनिभिसाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अग्निप्रसाद सापकोटा निर्विरोध भएका छन् । मंगलबार सभामुखका लागि उम्मेदवार दर्ता गरेका सापकोटा एक्लो उम्मेदवार भएपछि निर्विरोध भएका हुन् ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।यसकाे औपचारिक घोषणा माघ १२ गते हुने बताइएकाे छ ।

सापकोटाको मात्र उम्मेदवारी दर्ता भएपछि सभामुखको निर्वाचन नहुने भएको छ ।पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन थियो ।