सभामुखका लागि अग्निप्रसाद सापकोटाको उम्मेदवारी दर्ता

सभामुखका लागि अग्निप्रसाद सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं : नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान संसद् सचिवालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा पूर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका छन् भने पूर्वसभामुख ओनसरी घर्ती , नेकपाका प्रमुख सचेतक देव गुरुङ र राजपा नेता लक्षमणलाल कर्ण समर्थक रहेका छन् ।

गत असोजदेखि रिक्त सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको थियो । नेकपाको निर्णयसँगै प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया थालेको थियो ।