उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा

काठमाडौँ : प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसद्मा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेकी छन्। सोमबार संसद्मा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेकी हुन्।

संसद्मा संवोधन गर्दै उनले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने राजनीतिक दल र संसदसचिवालयका कर्मचारीहरूलाई धन्यवाद दिएकी छन् ।

लामो समयसम्म संसद् सभामुख विहीन हुँदा जटिलता पैदा भएकाले मार्ग प्रशस्त गर्न लागेको बताएकी हुन् ।संसदको अर्को बैठक आजै अप्राह्न ४ बजेकालागि बोलाइएको छ ।