सभामुखका उम्मेदवार अग्नि सापकोटा को हुन्?

सभामुखका उम्मेदवार अग्नि सापकोटा को हुन्?

काठमाडौँः अन्ततः सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने निर्णय नेकपाले गरेको छ । दुई अध्यक्षबीचको सहमतिलाई सचिवालय बैठकले अनुमोदन पनि गरेको छ । अनुमोदन भएसँगै सापकोटा सभामुखको उम्मेदवार निश्चित भएको छ । सोमबारको प्रतिनिधिसभाले निर्वाचनको कार्यतालिका प्रकाशन गर्नेछ ।

सिन्धुपाल्चोक कुबिन्डेका सापकोटाका माओवादीले सञ्चालन गरेको जनयुद्धका पूर्णकालीन कार्यकर्ता हुन् ।

शिक्षण पेशा परित्याग गरी राजनीतिमा होमिएका सापकोटा २०१४ सालमा जन्मिएका हुन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो र दोस्रो संविधानसभामा उनी सिन्धुचाल्चोकबाटै निर्वाचित भए । यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाहलवाला सञ्चारमन्त्री मोहन बस्नेतलाई पराजित गर्दै उनी सांसद् बने ।

उनी यसअघि दुई पटक मन्त्री भइसकेका छन् । २०६८ मा सूचना तथा सञ्चार र २०७२ मा वन तथा वातावरण मन्त्री भएका थिए ।

सशस्त्र द्वन्द्वका समयमा उनी दश वर्षसम्म भूमिगत रहे ।