दाङ : मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को विषय विवादित बन्दै गएको अवस्थामा नेपाली काङ्ग्रेसले आफ्नो धारण सार्वजनिक गरेको छ । नेपाली प्रेस युनियन दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताउँदै आएको र त्यसमा कांग्रेसको पनि समर्थन रहेको बताएका हुन् ।
विवादित बनेको एमसीसी कुनै पनि हालतमा पास हुनु पर्ने बताए । एमसीसी पास भएमा नेपालले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
नेपाल जस्तो अल्पविकसित देशमा विदेशी सहयोग अनिवार्य रहेको भन्दै एमसिसी परियोजनाअन्तर्गत अमेरिकाले ५० करोड अमेरिकी डलर सहयोग गर्ने बताउनु भयो ।उहाँले बाहिर हल्ला चलेजस्तो इन्डोप्यासिफिक रणनीति ुएमसीसीु मा नभएको समेत स्पष्ट पारे ।