कांग्रेसका नेताहरू पार्टीको अभिभावक बन्नुपर्छ :नेता पौडेल

कांग्रेसका नेताहरू पार्टीको अभिभावक बन्नुपर्छ :नेता पौडेल

रामेछाप : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस बलियो प्रतिपक्षी बन्न नसक्नुको कारण पार्टीभित्रको गुटबन्दी भएको बताएका छन् । प्रेस युनियन रामेछापले आज मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले ‘कम्युनिस्टविरुद्ध लड्नकालागि काँग्रेस बलियो हुनुपर्ने बताए ।

उनले कांग्रेसका नेताहरू एक गुटको अभिभावक भन्दा पनि पार्टीको अभिभावक बन्नुपर्नेमा जोड दिए ।सरकारले बहुमतको डण्डा लगाएर संविधानलाई लत्त्याउने काम गरेको भन्दै उनले सरकारी रवैयाप्रति आक्रोशसमेत पोखे ।