बालुवाटार वार्ता सकारात्मक

काठमाडौँ : सभामुख टुङ्गो लगाउने विषयमा भएको नेकपाका दुई अध्यक्षहरूबिचको छलफल सकारात्मक देखिएको छ । सभामुखको उम्मेदवार छान्ने विषयमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बिहान बालुवाटारमा ३ घण्टा छलफल चलेको थियो ।
बालुवाटारमा भएको वार्ता सकारात्मक भएको नेताहरूले बताए पनि कुनै सहमति भने जुटेको छैन ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई भेट्न प्रचण्डले बिहीबार बिहान बालुवाटार पुगेका थिए ।दुई नेताहरूबिच पार्टी एकताको मनोविज्ञानलाई पनि सम्बोधन गर्ने गरी निर्णयमा पुग्ने सहमति भएको प्रचण्ड निकट एक नेताले बताए ।

सत्तारुढ नेकपामा सभामुखबारे सहमति जुट्न नसक्दा संसद् बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ । प्रतिनिधि सभाको बैठक माघ ६ गते कालागि बोलाइएको छ ।