सभामुख टुङ्गो लगाउन ओली र प्रचण्ड बीच छलफल

सभामुख टुङ्गो लगाउन ओली र प्रचण्ड बीच छलफल

काठमाडौं : सभामुख टुङ्गो लगाउन नेकपाका अध्यक्षहरुबिच वार्ता चलिरहेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ ।

हिजो पनि अध्यक्ष द्वय ओली र प्रचण्डबीच छलफल भएपनि निकास निस्किन सकेको थिएन । सभामुख चयन गर्न नसक्दा चौतर्फि आलोचना भएपछि सत्तारुढ दल नेकपाले आजै यो विषयलाई टुङ्गो लगाउने गरी छलफल थालेको बताईएको छ । दुईअध्यक्ष बिच सहमति भएपश्चात सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ ।