सभामुख चयनको अन्यौलताबारे कांग्रेसले छलफल गर्दै

काठमाडौं:प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख चयनमा देखिएको अन्यौलताबारे छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपा संसदप्रति गैर जिम्मेवार भएको बताउदै आएको छ । सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ।

संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई सदनमा राख्न नसकेको भन्दै उनले संसद यथाशीघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएको बताए ।