प्रधानमन्त्रीले कसैको ज्यानै लिने धम्की दिनुहोला , तपाइँलाई पत्यार लाग्छ ?

काठमाडौं : सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपाका नेता भीम रावललाई बालुवाटारबाट धम्की आएको कुरा निराधार भएको दावी गरेका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले बालुवटारबाट नेता भीम रावललाई धम्की गएको जिज्ञासा राखेपछि मन्त्री बास्कोटाले भने, ‘तपाइँलाई पत्यार लाग्छ, प्रधानमन्त्रीज्यूले कसैको ज्यानै लिने धम्की दिनुहोला ?’ मन्त्री बाँस्कोटाले यसमा कुनै सत्यता नरहेको बताए ।

उनले नेता रावललाई कहाँबाट, कसले कति नम्बरबाट धम्की आएको हो, त्यो खुलाउनसमेत सुझाव दिएका थिए । यस्तै उनले वालुवाटारको जग्गा कब्जा गर्ने विप्लवको घोषणालाई चर्चामा आउने दाउमात्र भएको बताए ।उनले सार्वजनिक चासो भएको विषयमा कुनै एक्सन गरेर चर्चामा आउने दाउमात्र भएको बताए ।