दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको  अनुमति

काठमाडौं : झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध प्रहरी अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले प्रसाईंविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।

अभद्र व्यवहार सम्बन्धी कसुरको अनुसन्धानका लागि प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी समेत जारी गरेको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दिए ।

प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।