कन्हैया कुमार लाेकप्रिय : माेदी सरकार चिन्तित !

कन्हैया कुमार लाेकप्रिय : माेदी सरकार चिन्तित !

एजेन्सी : जवाहरलाल नेहरु विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी संगठनका पूर्व–अध्यक्ष तथा हाल भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारको लोकप्रियताबाट नरेन्द्र मोदी स्वयम् चिन्तामा परेको खबर सार्वनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको यससम्बन्धी समाचारलाई उदृत गर्दै बीबीसी हिन्दीले यसबारेमा समाचार लेखेको छ ।

रोयटर्सले कन्हैया कुमारको व्यक्तिचित्रसम्बन्धी समाचार तयार पार्न सम्पर्क गरेका मोदी सरकारसँग नजिकका एक जना व्यक्तिले यो जानकारी दिएका थिए । स्रोतका अनुसार युवा अझ पहिलो पटक मतदान दिन लागेका जनसंख्यामा कन्हैया कुमार धेरै लोकप्रियता रहेको कुरामा मोदी सरकार चिन्तित छ ।

बीबीसी हिन्दीका अनुसार रोयटर्सको समाचारमा उक्त जानकारी दिने नजिकका व्यक्ति नाम भने उल्लेख गरिएको छैन । ३३ वर्षीय बिहारका राजनीतिज्ञ मोदी सरकारका लागि चिन्ता र चुनौतीको विषय बनेका छन् । कन्हैयाले गएको डिसेम्बरमा पेस गरिएको हिन्दू राष्ट्रवादीलाई बल पुग्ने नागरिकता संशोधन कानुन (सीएए) को पनि खुलेर विरोध गरेका छन् ।

आलोचकहरुले सीएएले भारतमा रहेका मुस्लिम अल्पसङ्ख्यक सीमान्तकृत गर्ने र धर्मनिरपेक्ष नीतिलाई कमजोर पार्ने बताएका छन् । विरोध प्रदर्शनमा एक जना नेतामात्र छैनन्, विश्वविद्यालय परिसरमा सफाइ गरिरहेका र केही छात्रहरुले हङकङमा सरकार विरोधी प्रदर्शनबाट प्रेरित भएको बताउँछन् । तर विरोधमा सहभागी भएकाहरुको बीचमा कन्हैया कुमारको ‘स्वतन्त्रता’ गान सर्वत्र बजाइन्छ ।

मोदीले बलियो बहुमतका साथ लगातार दोस्रो राष्ट्रिय चुनाव जितेपछि भारतीय कम्युनिस्ट पार्टीको गुटले भनेको छ, ‘कन्हैया कुमारको राष्ट्रियस्तरमा प्रभाव निकै कम छ ।’ तर प्रधानमन्त्रीका वरिष्ठ सहयोगीका अनुसार कन्हैया कुमारको लोकप्रियकता र सन्देश मोदी सरकारको नीतिलाई कमजोर पार्न सक्छ र राजनीतिकरुपमा पनि कमजोर पार्न सक्छ ।

कुमारको सन्देशले मोदीले बढ्दो बेरोजगारी हटाउन र लाखौँ भारतीय युवालाई रोजगारी दिन विफल रहेको आरोपलाई केन्द्रित गरेको छ । साथै मोदीको कट्टर हिन्दूत्ववादी नीतिले धर्मनिरपेक्षतालाई हटाउन र मुसालमान जस्ता अल्पसङ्ख्यकको लागि जीवन जिउन मुश्किल भइरहेको छ ।

रोयटर्ससँगको एक टेलिफोन अन्तर्वार्तामा उनको नीतिको बारेमा सोधेपछि कन्हैयाले संविधानलाई समर्थन गर्ने वचन दिने बाहेक राजनीतिक प्रतिज्ञा गर्न नकार्दै आफ्नो मुख्य उद्देश्य सरकारको ध्यान केन्द्रित रहेको बताए । रोयटर्सको रिर्पोट अनुसार केन्द्र सरकारले कन्हैया कुमारको व्यक्तिगत जीवन र उनले प्राप्त गर्ने फण्डिङमाथि पनि नजिकबाट नजर राखिरहेको छ ।