राज्यबाट मारिएका १२ हजारको जिम्मा लिन सक्दिनँ : प्रचण्ड (भिडियोसहित)
नेपाल डेली
बुधबार, ०१ माघ २०७६, १७ : ४३ मा प्रकाशित
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा मारिएका सबै १७ हजारजनाको हत्या आरोप आफूमाथि लगाएको भन्दै गुनासो गरेका छन्। काठमाडौँमा आयोजित थारु राष्ट्रिय माघी महोत्वसलाई बुधबार सम्बोधन गर्दै उनले राज्यबाट मारिएका १२ हजार मान्छेको हत्या आरोप पनि आफैंमाथि लागको भन्दै गुनासो गरेका हुन्।
राज्यबाट मारिएका १२ हजार पनि आफ्नै टाउकोमा हालेको कुरा मान्य नहुने उनले प्रष्ट्याए। नगरेको कामको कुनै पनि हालतमा आफू जिम्मा लिन तयार नहुने दाहालले बताए। उनले टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त तथा राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी चाँडै छुट्ने पनि विश्वास दिलाए। भिडियो हेर्नुहोस् :