माघीको माग : रेसम चौधरीलाई रिहाइ गर

माघीको माग : रेसम चौधरीलाई रिहाइ गर

काठमाडौँ : थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।काठमाडौँमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विभिन्न ठाउँबाट निस्केका सांस्कृतिक झाकी टुडीखेलमा जम्मा भएर शुभकामना साटासाट गरिरहेका छन् । र्‍यालीमा सहभागीहरूले निलम्बित सांसद रेसम चौधरीको रिहाइको माग गरेका छन् । यस्तै अहिलेको संविधान विभेदकारी भएको बताउँदै संशोधनको माग समेत गरेका छन् । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।

सोही घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि उनी डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका छन् ।उनी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्। चौधरीले भूमिगत रहकै अवस्थामा राष्ट्रिय जनताका पार्टीको तर्फबाट सांसदको उम्मेदवारी दिएर विजयी प्राप्त गरेका थिए।