फोटोमा पृथ्वी जयन्ती

फोटोमा पृथ्वी जयन्ती

काठमाडौं : आज २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ।विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २ सय ९८ औँ जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरी यो दिवस मनाइदै छ ।

आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।


यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ ।