विवेकशील पार्टीद्धारा प्रदेश ३ को राजधानी धुलिखेल बनाउन प्रस्ताव दर्ता

विवेकशील पार्टीद्धारा प्रदेश ३ को राजधानी धुलिखेल बनाउन प्रस्ताव दर्ता


हेटौंडा : विवेकशील पार्टीले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेको छ । उसले आफ्नो प्रस्ताव शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।

प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले बताए । सांसद पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक रहेका छन् । प्रदेश ३ मा विवेकशीलका तीन सांसद छन् । संसदमा प्रतिनिधित्व गरेका नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले भने शनिबारै राजधानी हेटौंडा र नाम वागमतीमा सहमती जनाएर संयुक्तरूपमा प्रस्ताव दर्ता गराएका छन् ।