ह्वीप जारी गर्न नेकपा संसदीय दलको बैठक

ह्वीप जारी गर्न नेकपा संसदीय दलको बैठक

हेटौँडा : प्रदेश ३ को राजधानी तोक्ने विषयमा विवाद चर्किएपछि नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्न संसदीय दलको बैठक बोलाएको छ। हेटौंडामा केही बेरअघिबाट नेकपा प्रदेश ३ संसदीय दलको बैठक सुरु भएको छ ।

प्रदेशको राजधानी हेटौँडा कायम गर्न नेकपाले आफ्ना सांसदलाई ह्वीप जारी गर्न लागेको हो। हेटौँडाको पक्षमा भन्दा विपक्षमा धेरे सांसदहरु उभिएपछि नेकपाले ह्वीप जारी गर्न लागेको हो। नेकपाले संसदमा हुने मतदानका क्रममा अनिवार्य प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन निर्देशन दिने भएको छ।

नेकपाले हेटौंडा र बागमतीको पक्षमा नउभिइ फ्लोर क्रस गरेमा सांसदहरुमाथि कारवाहीको चेतावनी दिइसकेको छ। नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाले दुई पटकसम्म हेटौंडाको पक्षमा उभिन निर्देशन दिइसकेका छन्।