प्रदेश ३ को राजधानी र नामका विषयमा ह्वीप जारी गर्ने नेकपाको तयारी

प्रदेश ३ को राजधानी र नामका विषयमा ह्वीप जारी गर्ने नेकपाको तयारी

काठमाडौं : प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने केन्द्रीय सचिवालयका निर्णय कार्यन्वयन गर्न नेकपा प्रदेशसभा दलले शुक्रबार आफ्ना सांसदलाई ह्वीप लगाउने भएको छ । पार्टीको सचिवालय बैठकले राजधानी हेडौंडा र नाम बागमती रहने गरी निर्णय गर्न निर्देशन जारी गरेपछि नेकपाका प्रदेश सांसदहरु विभाजित भएका छन् ।

राजधानीका विषयमा सहमति जनाउन भन्दै नेकपाले विहीबार प्रदेश संसदीय दलको बैठक बोलाएको थियो । बिहीबार बिहान करिब साढे ९ बजेदेखि बसेको बैठकले पनि नाम र राजधानीका विषयमा सर्वसम्मत निर्णय गर्न नसकेपछि शुक्रबार पुनः बैठक बोलाइएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको संसदीय दलको बैठकमा पनि सहमति नजुटे पार्टीले ह्वीप जारी गर्ने संभावना रहेको नेकपाको ३ नम्बर प्रदेशका एक सांसदले जानकारी दिए ।