कांग्रेस सभापति देउवाले जिल्ला सभापतिहरुलाई भने, 'महाधिवेशनको मिति हेरफेर हुँदैन'

कांग्रेस सभापति देउवाले जिल्ला सभापतिहरुलाई भने, 'महाधिवेशनको मिति हेरफेर हुँदैन'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर गर्न नसकिने स्पष्ट पारेका छन् । विहीवार विहान आफ्नै निवास बूढानिलकण्ठमा काठमाडौंमा भेला भएका कांग्रेस जिल्ला सभापतिहरुसँगको भेटघाटमा देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट पास भएको महाधिवेशनको मिति हेरफेर गर्न नसकिने तर पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसम्म लगातार छलफल गर्दा पनि सहमति हुन नसकेपछि अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर ११ पुसको निर्णय गरेको उनले बताए । तर आफू अहिले पनि सम्वाद गर्न र सहमतिका आधारमा अघि बढ्न तयार रहेको बताएको काभ्रे सभापति मधु अचार्यले बताए ।

पार्टीमा विधि, पद्धतिलाई पनि ख्याल गर्नुपर्ने भन्दै उनले एक पक्षीय सभापतिहरुले भेला गरेकोमा असन्तुष्टि जनाएका हुन् । जवाफमा सभापतिहरुले भने पार्टीप्रति चासो र चिन्ता लागेर आफूहरु काठमाडौं आएको र सभापति पनि बोलाउन सक्ने बताएका छन् ।