नेकपा विदेशी होइन स्वदेशी पार्टी हो : नेता कर्ण

नेकपा विदेशी होइन स्वदेशी पार्टी हो : नेता कर्ण

काठमाण्डौ : राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहने बताएका छन् ।

सभामुख वा उपसभामुख लिन आफूहरुको सामर्थ्य नै नरहेको भन्दै उनले कोही बहुमत हुने पार्टीले दिन तयार भए आफूहरु पनि लिन तयार रहेको बताए ।‘यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौँ,’ उनले भने ‘तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौँ ।’

प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाइएको र प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने पनि प्रष्ट पारे । आफूहरुले नेकपासँग राष्ट्रियसभा चुनावका लागि २ बुँदे सहमति गरेको भन्दै प्रदेश २ मा सरकार परिवर्तनको कुनै सहमति नभएको बताए । नेकपा विदेशी पार्टी नभइ देशकै पार्टी रहेकाले चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुने उनले बताएका छन् ।