परराष्ट्रमन्त्रीद्वारा अष्ट्रेलियाको आगजनीप्रति दुःख व्यक्त

परराष्ट्रमन्त्रीद्वारा अष्ट्रेलियाको आगजनीप्रति दुःख व्यक्त

काठमाडौं : अष्ट्रेलियामा भएको भीषण आगलागीका कारण पुगेको नोक्सानीप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गहिरो दुःख प्रकट गरेका छन् । आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार समवेदना सन्देश पठाएका हुन् ।

आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ भन्नेमा आफू विश्वस्त रहेको मन्त्री ज्ञवालीको सन्देशमा उल्लेख गरीएको छ। गएको पाँच दिनदेखि लागेको आगलागीका कारण २५ भन्दा बढीको मृत्यु भइसकेको छ । १५ सय भन्दा बढी घर जलेका छन् भने ५० करोड जनावर जलेको सञ्चार माध्यमहरूले जनाएका छन् ।