नेबिसंघद्धारा असक्षम नेतृत्व चाहिँदैन भन्दै सानेपामा नाराबाजीसहित अनसन

नेबिसंघद्धारा असक्षम नेतृत्व चाहिँदैन भन्दै सानेपामा नाराबाजीसहित अनसन

काठमाडौं : नेपाल विद्यार्थी संघल ३२ वर्ष नकटेको नेतृत्व माग गर्दै नेपाली कांग्रेसको कार्यालय सानेपामा अनसन बसिरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउने तयारी गरेका छन् । त्यही सूचना पाएका विद्यार्थी नेताहरुको एउटा समूहले २० दिनदेखि रिले अनसन बसेको हो । त्यसक्रममा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो । रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गर्दा संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गर्‍यो ।

सोमबार पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । भेलाका लागि जिल्ला सभापतिहरु पार्टी कार्यालय पुग्दा विद्यार्थी नेताहरुले भने असक्षम नेतृत्व चाहिँदैन, बहुमतको दम्भले पार्टी अब चल्दैन भन्दै नाराबाजी गर्दै अनसन बसीरहेका छन् ।