दार्चुला र पाँचथरमा दल त्यागेका कारण वडाध्यक्ष र वडा सदस्य पद रिक्त

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका वडा ३ को वडाध्यक्षले दल त्याग गरेकाले उक्त पद रिक्त रहेको निर्वाचन आयोगले सूचना जारी गरेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित महादेवसिंह डडालले दल त्याग गरेकाले उक्त पद स्वत रिक्त हुन गएको आयोगले सोमबार जारी सूचनामा उल्लेख गरीएको छ । कांग्रेसले वडा अध्यक्ष डडालले दल त्याग गरेको जानकारी गराएपछि निर्वाचन आयोगको आइतबारको निर्णयले उक्त पद रिक्त हुन गएको जनाएको हो ।

यस्तै पाँचथरको फिदिम नगरपालिका वडा १४ को दलितकोटाबाट निर्वाचित तेजमाया विकले पनि दल त्याग गरेकाले उक्त पद पनि सूचना प्रकाशन भएको मितिदेखि रिक्त भएको मानिने आयोगले जनाएको छ ।