कांग्रेस संस्थापनइतर जिल्ला सभापति भेला

कांग्रेस संस्थापनइतर जिल्ला सभापति भेला

काठमाडौं : संस्थापन इतर समूहले कांग्रेस नेतृत्वलाई दबाब दिने रणनीति तय गर्न सोमबार जिल्ला सभापतिहरुको भेला आयोजना गरेको छ । भेला बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ ।

कांग्रेस केन्द्रीय समितिको ११ पुसको बैठकले बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या दोब्बर बनाउनेलगायतका निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेर छलफल गर्न लागेको हो ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीमा भइरहेको पछिल्लो अवस्थाबारे जानकारी गराउन र अब कसरी अगाडि बढ्ने भनेर सुझाव लिन जिल्ला सभापतिहरुसँग छलफल गर्न लागिएको बताए । ‘११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् । नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।विवाद साम्य नभएपछि युवा नेताहरुले देउवा र पौडेल पक्षलाई छुट्टाछुट्टै भेटेर समस्या सुल्झाउन दबाबसमेत दिएका थिए ।