नेकपाका प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभाका उम्मेदवार

नेकपाका प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभाका उम्मेदवार

पोखरा : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन् ।

श्रेष्ठ र न्यौपानेलाई नेकपाले गण्डकी प्रदेशबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार चयन गरेको थियो । दुई वर्षे कार्यकाल सकिएका १९ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आयोगले माघ १० गते चुनाव गर्न लागेको हो