नेकपाको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ गतेका लागी सर्‍यो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको छ।

आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले माघ १५ गतेसम्म बैठक स्थगित गर्ने निर्णय गरेको हो। पुस २३ गतेबाट बैठक बोलाइएको थियो। राष्ट्रिय सभा निर्वाचन नजिकिएकोले नेकपाले बैठक सारेको जनाएको छ।