समाजवादीले टुंगो लगायो राष्ट्रियसभाका लागी उम्मेदवार

समाजवादीले टुंगो लगायो राष्ट्रियसभाका लागी उम्मेदवार

काठमाडौं : समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । उम्मेदवारी मनोनयनको दिन सो पार्टीले नाम टुंगो लगाएको हो । प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै प्रदेश २ मा रामप्रित पासवना र अनिरुद्रसिंह यादव तथा प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार बनाइएको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बातएका छन्। समाजवादीले राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ । त्यहाँ नेकपा र राजपाबीच पनि चुनावी गठबन्धन भएको छ ।