राजपाले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार

राजपाले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार

काठमाडौं : राष्ट्रिय जनता पार्टी ९राजपा०ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्षद्धय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मृगेन्द्र अन्य समूह र शेखर अपाङ्ग तथा अल्पसंख्यकको कोटामा उम्मेदवार हुनेछन् । राजपाले प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०सँग चुनावी तालमेल गरेको छ । माघ ९ मा चुनाव हुने चार सिट मध्ये दुई सिट राजपाले लिएको छ भने दुई सिटमा उसले नेकपाको उम्मेदवारलाई समर्थन गर्नेछ ।