पुरानो संरचनामा बानी परेकालाई नयाँ कहाँ चाडै मन पर्छ र : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र नयाँ संविधान बनेको धेरैलाई मन नपरेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्डले विगतमा राज गरेकाहरुले यसलाई उल्टाउन बल गरेको समेत बताए । गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने भन्दै उनले भने, ‘जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदैपनि गद्दी खोसिदिन्छन् । राज्य उल्टिन्छ । राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन् ।

नेकपा अध्यषक्ष प्रचण्डले नयाँ संरचनाको फाइदा घाटाबारे जनता पनि अन्यौलमा रहेको पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको धारणा राखेका हुन् । ‘नयाँ परिस्थिति पुरानोभन्दा भिन्न हुन्छ र मानिसलाई तुरुन्तै सहज लाग्दैन’ तर ‘पुरानो संरचनामा बानी परेका हामीलाई नयाँ संरचनाले फाइदा गर्ने हो कि घाटा भने जस्तो, नहिँडेको बाटो हिड्नुपर्‍यो जस्तो हुने बताए ।