नेकपा अनेरास्ववियूको भागबन्डा टुंगियो, ३३५ सदस्यीय केन्द्रीय समिति चयन

नेकपा अनेरास्ववियूको भागबन्डा टुंगियो, ३३५ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू० ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ । तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन । ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए ।

शुक्रबार बसेको बैठकले लामो अन्यौलता अन्त्य गर्दै ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।