नबस्दै स्थगित भयो प्रदेशसभा बैठक

नबस्दै स्थगित भयो प्रदेशसभा बैठक

जनकपुर : प्रदेशसभा बैठक स्थगित भएको छ । पुरानो भुक्तानी माग्दै सांसदहरूले चल्न नदिने भएपछि बिहीबार दिउँसो १ बजे आह्वान गरिएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

गत आर्थिक वर्षमा सम्पन्न खुद्रा योजनाको बजेट भुक्तानी माग्दै सत्तापक्ष दलकै सांसदले लगातार सदन अवरुद्ध गराउँदै आएपछी सचिवालयले सूचना टाँस गरी बैठक स्थगन गरीएको हो । । संसदको अवरोध यो तेस्रोपटक हो ।

गत सोमबार डेढ महिनापछि बोलाइएको बैठक पनि चल्न नदिएपछि मंगलबार बैठक बोलाइएको थियो । तर, रकम निकासा सम्बन्धमा भरपर्दो जवाफ दिन मुख्यमन्त्री सदनमा उपस्थित नभएको भन्दै उक्त बैठक पनि चल्न नदिइको हो।

त्यसपछि बिहीबारका लागि बोलाइएको बैठक अन्तिम समयमा सचिवालयले सूचना टाँस गरेरै स्थगन गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सभामुख सरोजकुमार यादव काम विशेषले बाहिर निस्किनुपरेको हुँदा बिहीबारको बैठक सूचना टाँसेर स्थगन भएको बताए । उनका अनुसार अर्को बैठक पुस २४ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।