सभामुखको टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज (बिहीबार) अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्दैछ । सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे टुङ्गो लगाउन सचिवालय बैठक बोलाएको नेकपाले जनाएको छ ।

बैठकमा सभामुख चयनदेखि लिएर राष्ट्रियसभा सदस्यको उम्मेदवारको विषयमा छलफल गर्ने कार्यतालिका रहेको छ । सभामुख चयनकै विषयलाई लिएर गत आइतबार बसेको बैठकमा नेताहरुबीच कुरा नमिल्दा निर्णय हुन सकेको थिएन ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन तालिका नै सार्वजनिक गरेको छ ।