प्रदेशसभा अधिवेशन माघ ५ मा हुने

प्रदेशसभा अधिवेशन माघ ५ मा हुने


बुटवल : प्रदेश ५ सरकारले प्रदेशसभाको अधिवेशन माघ ५ गते आह्वान गर्न सिफारिस गरेको छ । चार महिनापछि पहिलोपटक अधिवेशन डाकिएको हो । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १३८ को उपधारा ९१० बमोजिम आगामी माघ ५ गते आइतबार दिनको १ बजेलाई प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । भदौ २२ गते वर्षे अधिवेशन स्थगित भएको थियो ।

आगामी अधिवेशनमा राजधानी र नामाकरणको विषयले प्रवेश पाउने अपेक्षा गरिएको छ । करिब चार महिनासम्म प्रदेशसभा बैठक बस्न नसक्दा कानून निर्माणका काम अलपत्र परेका छन् । प्रदेश सरकार स्थापनाको दुई वर्षसम्म करिव ४८ विधेयक, नियावली संसदबाट पारित भएका छन् ।