समितिका पदाधिकारीहरुद्धारा मुख्यमन्त्रीको राजीनामा माग गर्दै संंसदबाहिर बिरोध

समितिका पदाधिकारीहरुद्धारा मुख्यमन्त्रीको राजीनामा माग गर्दै संंसदबाहिर बिरोध

जनकपुर: प्रदेश २ को प्रदेशसभाको बैठक मंगलबार दोस्रो दिन पनि सांसदहरुले अवरुद्द गरेका छन् । गत आर्थिक बर्षमा सञ्चालन गरिएका योजनाको भुक्तानी नदिएको भन्दै सांसदहरुले पछिल्लो केही महिना यता प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदले दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्व गरेका हुन् । मंगलबार सांसदहरुले प्रदेशसभा बैठकभित्र अवरुद्व गरिरहँदा बाहिर उपभोक्ता समितिका पदाधिकारीहरुले प्रदेश सरकारबिरुद्व चर्को नाराबाजी गरेका छन् ।

यसअघि सोमबारको बैठक अवरुद्व गरेपछि मुख्यमन्त्री लालबाबु राउत आएर जवाफ दिनेगरी मंगलबारको बैठक आह्वान गरिएको थियो । तर मुख्यमन्त्री नआएपछि सांसदहरुले बैठक अवरुद्व गरेका हुन् ।

मंगलबारको बैठक शुरु हुनासाथ नेकपा सांसद शत्रुधन महतोले मुख्यमन्त्री आएर जवाफ नदिएका कारण बैठक अवरुद्व गर्ने घोषणा गरे । सांसद महतोले गत बर्ष सम्पन्न योजनाहरुको भुक्तानी, जनता आवास योजनाको कार्यविधि र सशर्त अनुदानको बिषयमा मुख्यमन्त्री संसदमा आएर प्रष्ट नगरेसम्म बैठक अवरुद्व गरिरहने बताए ।