नेपालको सीमा नापजाँचमा भारतले गर्यो अवरोध

नेपालको सीमा नापजाँचमा भारतले गर्यो अवरोध

काठमाडौं : नेपालको सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोकेको छ । भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले विरोध गरेको छ ।

सरकारले गएको मसिंर २७ मा नेपाल भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति समेत बनाएको थियो, जसलाई सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भएको नभएको, सीमा स्तभ हराए नहराएको यकीन गरेर तीन महिनाभित्र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ ।

नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काम भइरहेको छ । तर कालापानीमा भारतीय पक्षले अवरोध गरेको भूमि सुधारमन्त्री पद्मा अर्यालले बताएकी छन् । मंगलबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा बोल्दै सीमा नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भएको र अब कूटनीतिक समाधानबाट जाने निर्णय भएको छ ।