कांग्रेस केन्द्रीय समितिको बैठक आगामी पुस १७ गते बस्ने

काठमाडौं : नेपाली कांग्रेसले पुस १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न भनी कांग्रेसले पुस १७ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा बहुमतका आधारमा महाधिवेशनलगायतको निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित भएका छन् । उनीहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।