मुख्यमन्त्रीलाई टेलिफोनमा गाली गर्ने एक जना पक्राउ

मुख्यमन्त्रीलाई टेलिफोनमा गाली गर्ने एक जना पक्राउ

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

मादक पदार्थ सेवन गरी टेलिफोनमार्फत मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले नुवाकोटको तावी गाउँपालिका–३ का पुष्पराज पाण्डेलाई पक्राउ गरेको हो।

पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको महाशखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। पाण्डेले मुख्यमन्त्री पौडेललाई टेलिफोनमार्फत अपशब्द प्रयोग गरेको आरोप छ। उनी एक अन्तर्राष्टिय गैरसरकारी संस्थामा आवद्ध रहेको बताइएको छ।