सभामुख छान्न बालुवाटारमा कसरत

सभामुख छान्न बालुवाटारमा कसरत

काठमाडौं : सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधिनिधि सभा संसद सचिवालयले रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सम्बन्धी आन्तरिक तयारी गरिरहँदा सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबिच छलफल सुरु भएको छ ।

सत्तारुढ दल नेकपाले सभामुखका लागि आफ्नो तर्फबाट उम्मेदवार अघि नसार्दा संसदको बैठक अवरुद्ध हुँदै आएको छ । यसले सबैतिर आलोचना भएपछि अहिले अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।दुई अध्यक्षबीच प्रतिधिनि सभाको सभामुख चयन, अमेरिकी सहयोग परियोजना (एमसीसी) र अनुमोदन, आसन्न राष्ट्रिय सभा निर्वाचन र आगामी केन्द्रीय समितिको बैठकका विषयमा छलफल भइरहेको बताइन्छ ।

दुई अध्यक्षबीच सहमति भएपछि नेकपा सचिवालय बैठक बसेर यि विषयहरुमा निर्णय गर्ने बालुवाटार स्रोतले बताएको छ ।अध्यक्ष प्रचण्ड पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा छन् । उनले पूर्व एमालेले राष्टपति, प्रधानमन्त्री र राष्टियसभा अध्यक्षजस्ता पद पाइसकेकाले सभामुखमा आफूले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले यसबारे केही बोलेका छैनन् ।

तर ओलीनिकट नेताहरूले अहिलेको चुनौतीपूर्ण अवस्थामा सुवास नेम्वाङको विकल्प खोज्न नहुने बताइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि सुवास नेम्वालाई सभामुख बनाउने पक्षमा रहेको निकट स्रोतले जनाएको छ ।त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि सभामुख पदमा दाबी गर्दै आएकी छन् ।स्रोतले आज ९मंगलबार० मुख्यगरी सभामुख उम्मेवादरको रुपमा पार्टीबाट अघि सार्ने व्यक्तिका बीचमा दुई अध्यक्षबीच सहमति भएपछि सचिवालयको बैठक बोलाएर निर्णय गर्ने तयारी छ ।