कम्युनिष्ट सरकारले अधिनायकवादको यात्रा तय गरेको प्रष्ट देखाउँछ : सांसद पन्त

कम्युनिष्ट सरकारले अधिनायकवादको यात्रा तय गरेको प्रष्ट देखाउँछ : सांसद पन्त

काठमाडौं : राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले सरकारले ल्याएको नेपाल विशेष सेवा विधेयकका दफामाथि गम्भीर प्रश्न उठाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विरोधको सूचना दर्ता गराउँदै सांसद पन्तले सरकारले नागरिक स्वतन्त्रता र मौलिक हक खोसन खोजेको आरोप लगाएका छन्।

उक्त विधेयकले नागरिकको स्वतन्त्रता र मौलिक हक खोस्दैछ। अब नागरिकका गोप्य भन्दा गोप्य कुरामा पनि सरकारको पहुँच हुनेछ उनले भने, ‘यो विधेयकका केही दफा एकदमै खतरनाक रहेका छन्। विधेयक पास भएमा नागरिकलाई ठाउँको ठाउँ थुन्न सक्ने अवस्था आएको सांसद पन्तले बताए ।

विधेयक पारित भएमा पत्रकारहरुले पनि म्यासेज लेख्दा वा समाचार बनाउँदा पनि होस पुर्‍याउने दिन आउनेतर्फ सचेत गराएका छन् । पत्रकारहरुले पनि अब ख्याल गरे हुन्छ, सम्पादकलाई लेखेका म्यासेज अब सरकारले पहिले हेर्नेछ। अब तपाईंहरुले म्यासेज लेख्दा पनि होस् गर्ने बेला आएको छ, ‘यो विधेयक आएपछि अप्रत्यक्षरुपमा अघोषित सेन्सरिसप लाग्नेछ।’

सांसद पन्तले जो सुकैलाई ठाउँको ठाउँ सक्ने अवस्था आउने भएकाले नेपाल विशेष सेवा विधेयक नेपालको संविधानको नागरिक स्वतन्त्रता र मौलिक हकविरुद्ध रहेको जिकिर गरे। सरकारले नागरिकको गुप्तचरी गर्न पाउँदैन। ज्यानमारा खालका विधेयक फिर्ता लिन सरकालाई आग्रह गर्ने बताए ।

कम्युनिष्ट सरकारले अधिनायकवादको यात्रा तय गरेको यसले प्रष्ट देखाउँछ । सांसद पन्तले विरोधको सूचना दर्ता गराएपछि जवाफ फर्काउँदै अर्थमन्त्री डा। युवराज खतिवडाले विधेयकको विरोधको कुनै अर्थ नरहेको जिकिर गरे।अर्थमन्त्रीले जवाफ दिएपछि सांसद पन्तले पेश गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको छ। सरकारले पेश गरेको विधेयकमाथि सोमबारदेखि नै राष्ट्रिय सभामा छलफल सुरु भएको छ।