आवको पहिलो चौमासिकमा रसुवागढीबाट १ खर्बको सामग्री आयात

आवको पहिलो चौमासिकमा रसुवागढीबाट १ खर्बको सामग्री आयात

रसुवा : आव ०७२र७३ पछि चालु आवको पहिलो चौमासिकसम्म रसुवागढी नाका हुँदै १ खर्ब ९ अर्ब ५४ करोड ३६ लाख बराबरको सामान आयात भएको छ । सोही अवधिमा ४ अर्ब २५ करोड ४५ लाख १ हजार बराबरको सामान निर्यात भएको छ ।

भूकम्पपछि रसुवागढी नाका हुँदै बर्सेनि सामान आयात हुने क्रम बढेको रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । रसुवागढी उत्तरी चीन जोड्ने सबैभन्दा पुरानो नाका हो । यहाँ २०१३ सालमै भन्सार स्थापना भएको थियो । पुरानो नाका भए पनि त्यति बेला रसुवागढीसम्म सडक पुगेको थिएन । चीन सरकारको सहयोगमा स्याफ्रु–रसुवागढी सडक निर्माण भएपछि नाका यातायात सञ्जालबाट जोडिएको हो ।

०७१ मंसिर १५ देखि नाका सञ्चालनमा आएको हो । ०७२ वैशाख १२ को भूकम्पले केही महिना रसुवागढी नाका बन्द भएको थियो । भूकम्पपछि चीनबाट हुने धेरैजसो आयात रसुवा नाकाबाट हुने गरेको छ । गत आव ०७२र७३ मा रसुवागढी नाकाबाट १० अर्ब ६५ करोड ४५ लाख ३७ हजार मूल्य बराबरको सामान आयात भएको थियो। उक्त आवमा ६१ करोड १५ लाख ५१ हजार बराबरको सामान निर्यात भएको थियो । साथै २ अर्ब ४४ करोड ६८ लाख ९ हजार राजस्व संकलन गरेको थियो ।

आव ०७३र७४ मा १५ अर्ब ९७ करोड १७ लाख ७६ हजार मूल्य बराबरको सामान आयात भएको छ भने ७७ करोड ५३ लाख ५६ हजार बराबरको सामान निर्यात भएको छ । उक्त आवमा २ अर्ब ९२ करोड १८ लाख राजस्व संकलन भएको छ । आव ०७४र७५ मा २२ अर्ब ६४ करोड ८७ लाख ६६ हजार बराबरको सामान आयात भएको छ भने १ अर्ब १६ करोड ६२ लाख ३२ हजार बराबरको निर्यात भएको छ । उक्त आवमा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व संकलन भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

आव ०७५र७६ मा ४० अर्ब ८५ करोड ११ लाख ३७ हजार बराबरको सामान आयात हुँदा १ अर्ब २० करोड ९६ लाख १६ हजार बराबरको सामान निर्यात भएको छ । उक्त आवमा भन्सारले १० अर्ब ६० करोड २४ लाख १९ हजार राजस्व संकलन गरेको छ । चालु आवको पहिलो चौमासिकमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार बराबरको सामान आयात भएको छ ।

निर्याततर्फ भने ४८ करोड १७ लाख ४६ हजार बराबरको सामान छ । पहिलो चौमासिकमा भन्सार कार्यालयले ५ अर्ब ५० करोड १२ लाख ५६ हजार राजस्व संकलन गरिसकेको छ । भन्सार विभागले आव ०७६र७७ का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ । यो नाकाबाट विशेषगरी तयारी पोसाक साथै फलफूल, मेसिनरी सामान, इलेक्ट्रिक सामान, जुत्ता र चप्पल पनि आयत हुने गरेको छ ।