नारायणगढ मुग्लिन सडक दिउँसोमा बन्द हुने

नारायणगढ मुग्लिन सडक दिउँसोमा बन्द हुने

चितवन : नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने भएको छ । पहिरो रोकथामसम्बन्धी काम गर्नका लागि जिल्ला सुरक्षा समितिले मंसिर २७ गते शुक्रबारदेखि दुई सातासम्म दिउँसोको समयमा गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

वुधबार विहान बसेको सुरक्षा समितिको बैठकले २७ मंसिरदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्ने निर्णय गरेके हो । नारायणगढबाट जाने बसलाई १५ किलो बजारमा रोकिने छ भने, मालवाहक गाडीलाई दासढुंगामा रोकिनेछ ।काठमाडौंबाट आउने यात्रुबाहक सवारी मुग्लिन बजारमा, पोखराबाट आउनेलाई बेनीटारमा रोकिने छ ।

यस्तै, पोखराबाट आउने मालवाहक सवारीलाई आबँुखैरहनीमा र काठमाडौंबाट आउनेलाई लेवाटारमा रोकिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।