खोटांङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटांङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटां : खोटांङमा गाउँपालिका प्रमुख को गाडीमाथी खागजनी भएको छ । खोटां जिल्लाको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको हो ।

आगलागीका कारण सवारी जलेर ध्वस्त भएको छ । आगो करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायका अनुसार खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिएका छन् ।