नेपालगंजमा साढे ४ लाख मूल्य बराबर सुर्तीजन्य पदार्थ बरामद

नेपालगंजमा साढे ४ लाख मूल्य बराबर सुर्तीजन्य पदार्थ बरामद

नेपालगंज : भारतबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ४ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले नेपालगंजबाट बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट करिब ३ लाख १० हजार मूल्य बराबरको १५।५ क्विन्टल र उक्त स्थान भन्दा करिब ३० मिटर टाढा परालमा लुकाएर राखेको अवस्थामा थप १ लाख ४० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ इतराम बाबा मन्दिर पछाडि लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालयले आइतबार बिहान बरामद गरेको हो।

नेपालगंजबाट खटिएको प्रहरीले सो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।