‘द भ्वाइस अफ नेपाल’ टुको उपाधि राम लिम्बुलाई

‘द भ्वाइस अफ नेपाल’ टुको उपाधि राम लिम्बुलाई

काठमाडौं : द भ्वाइस अफ नेपाल सिजन टुको उपाधि राम लिम्बुले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रशारित रियालीटी शो भ्वाइस अफ नेपालको उपाधि लिम्बुले जितेका हुन्। शनिबार राति भएको ग्राण्ड फिनालेमा लिम्बुले उपाधि हात पारेका थिए ।

अन्तिम चारबाट विजेता चयन गरिएको थियो। कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् । द भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए। उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन्। उनले, विजेता बनेसँगै कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ। यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए।